तिमीलाई बिर्सिएर एक्लै कहिंले हाँस्न सकिनँ - dineshtamang.com.np

Breaking

Monday, April 23, 2012

तिमीलाई बिर्सिएर एक्लै कहिंले हाँस्न सकिनँ

गजल

तिमीलाई बिर्सिएर एक्लै कहिंले हाँस्न सकिनँ
निष्ठुरी भै,जरैकाटी तिम्रो माया मास्न सकिनँ|

ओल्टेँ फेरौँ तिमी देख्छु,कोल्टेँ फेरौँ मात्र तिमी
तिमीभूली पराइँलाई यो छातीमा टाँस्न सकिनँ|

चोटमाथि चोटै दियौ त्यसलाई जतनले राखिरहेँ
जालीमाया भएपनी अर्को साईनो गाँस्न सकिनँ |

छँरिएका सपना बटुलेर बाँधिरहे मनैबाँध्ने तारले
बिझाउँने माया मुटुबाटै अंल्गपारी छास्न सकिनँ|

तिमीलाई बिर्सिएर एक्लै कहिंले हाँस्न सकिनँ
निष्ठुरी भै,जरैकाटी तिम्रो माया मास्न सकिनँ|


गीता थापा (दोषी)
बेलबारी मोरङ
हाल-ईजरायल

No comments:

Post a Comment