तिम्ले जित्ता मैले हार्ने,कस्तो खेल पिरति - dineshtamang.com.np

Breaking

Sunday, May 20, 2012

तिम्ले जित्ता मैले हार्ने,कस्तो खेल पिरति


तिम्ले जित्ता मैले हार्ने,कस्तो खेल पिरतिको
आँसु आँखिर दिनु रैछ,कस्तो मेल पिरतिको

...
संगै जिउने संगै मर्ने,बाचा कसम खुवाएर
मुटु भरि पिडा दिने,कस्तो झेल पिरतिको

यादमा तड्पी बाच्नु पर्ने,यसले दियो नी सजाय
भाग्न पनि सकिदैन,कस्तो जेल पिरतिको

न त कट्छ न त छिनछ,सकिदैन फुकाउन
सम्झनाले बाँध्छ सधैँ,कस्तो नेल पिरतिको

भित्रि मन रोए पनि,आत्मा साथ गर्नै पर्यो
हास्न खोज्दा बग्यो आँसु,बन्यो भेल पिरतिको

उतिर्ण नै को पो भयो,सबैलाई देख्छु रोको
परिणाम त एउटै रैछ,आँखिर फेल पिरतिको

झापा,शरणामती-६

No comments:

Post a Comment