गजल *दिपक थापा * - dineshtamang.com.np

Breaking

Sunday, May 20, 2012

गजल *दिपक थापा *


आफ्नै समाजबाट जिउदै मारिएको मान्छे हुँ म
सास छदा छदै जुठो बारीएको मान्छे हुँ म

अजात रे मेरो मयालाई खोट देखाई देखाई

... ढोल पिट्दै तल्लो जातमा झारीएको मान्छे हुँ म

इस्ट मित्र जोरी पारी बिरुद्दमा उत्रे पछि
आफ्नै आँगनबाट पर सारीएको मान्छे हुँ म

हिजो आफ्नै लाग्ने त्यी समाजका पेवाहरू
मन्दिरहरूबट अलग पारिएको मान्छे हुँ म

बाइबल, कुरान, गीतामा खोज्दा जातको अर्थ
आनाकानी संगै प्राए टारिएको मान्छे हुँ म

No comments:

Post a Comment