यसरि नै खोस्दै गए हाम्रो साथ के होला खै || - dineshtamang.com.np

Breaking

Sunday, May 20, 2012

यसरि नै खोस्दै गए हाम्रो साथ के होला खै ||

दिन त बित्यो डरै डरमा अब रात के होला खै
आज त म नेपाली छु भोलि जात के होला खै ||

थर पनि खोसे हाम्रो जन्मेको त्यो गाउँ पनि

यसरि नै खोस्दै गए हाम्रो साथ के होला खै ||
...
त्यो महलमा बसी नेता भत्काउछन् छाप्राहरु
लुटी यो गास् अझै गरे पक्ष पात के होला खै ||

न छ दौरा सुरुवाल न त राखे स्वाभिमान
बेची खाए अस्तित्व नै अरु घात के होला खै ||

गाउँ शहर घंकादै छ नारा आज जातीयताको
आजै यस्तो अब आउने सुरुवात के होला खै ||

No comments:

Post a Comment